खजुरामा निर्धन उत्थान लघुवित्तका कर्मचारीमा कोरोना संक्रमण: कार्यालय अझैसम्म सिल भएन ?

0 400

बाँके । बाँकेमा लघुवित्तका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्लाको खजुरा गाउँपालिका ०५ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा काम गर्दै आएका बाँके जिल्लाको वैजनाथ गाउँपालिका १ गाभरका करिव २७ वर्षका पुरुष र कैलाली जिल्ला धनगढी नगरपालिका १ का २५ बर्षिय महिला कर्मचारीमा संक्रमण पुष्टि भएपछि पनि यो समाचार तयार पार्दासम्म कार्यालय सील गरिएको छैन । यो विषयमा स्थानीय सरकार र सम्बन्धित निकाय मौन रहेको देखिन्छ ।

संक्रमण पुष्टि भएका कर्मचारीहरु होमआइसोलेसनमा रहेको संस्थाका शाखा प्रमुख लेखनाथ काफ्लेले बताउनुभएको छ । उहाँका अनुसार संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य भएको छैन । संस्थाले भने स्थानीय सरकारलाई खबर गरि सकेको बताएको छ।

संस्थाका अन्य कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न आव्हान गर्नु पर्ने र संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबै जनाको पिसिआर परिक्षणका लागि नमूना संकलन गरी परिक्षणका लागि पठाउनुको सट्टा आन्तरिक कार्यालय खोलिएको छ ।

You might also like
Loading...