नेकपा (क्रान्तिकारी माअोवादी)द्वारा दिवंगत न्यौपाने प्रति श्रद्धाञ्जली अर्पण

0 666

बर्दिया । नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीले दिवंगत बिष्णु प्रसाद न्यौपाने प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम गरेको छ।

उक्त कार्यक्रम बैशाख १८ गते बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा १ डुम्रेनीमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव एवं दिवंगत बिष्णु प्रसाद न्यौपानेका जेष्ठ सुपुत्र भुपेन्द्र न्यौपानेले अध्यक्षता गर्नु भएको थियो । त्यसैगरी पार्टीका जिल्ला सचिव विपिन र अखिल( क्रान्तिकारी ) जिल्ला सेक्रेटरी भुवन तिमिल्सिनाले शोक मन्तव्य राख्नुभएको थियो । पार्टीका जिल्ला सदस्य रामबहादुर शाहीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

साविक अछाम रानिवन ८ घर भई हाल बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका १ डुम्रेनी निवासी दिवंगत विष्णुप्रसाद न्यौपानेको भारतको जयपुरदेखि नेपाल आउने क्रममा बिच बाटोमा हृदयघातका कारण मृत्यु भएको हो ।

दिवंगत विष्णुप्रसाद न्यौपानेका दुई छोरा, चार छोरी र ९ जना नातिनातिनीहरु रहनु भएको छ । भुपेन्द्र न्यौपाने जेठो छोरा र हेमराज न्यौपाने कान्छो छोरा  हुनुहुन्छ ।

You might also like
Loading...