पेट्रोलियम पदार्थको मूल्यवृद्धि: अखिल (क्रान्तिकारी)द्वारा तत्काल फिर्ता लिन चेतावनी

0 299

बर्दिया । क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन चेतावनी समेत दिइएको छ।

जेठ २ गते फेरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइइन्धनकाे मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको छ ।यस्तो गैर जिम्मेवार सरकारको जनविरोधी निर्णयको घोर निन्दा एवम् भत्सर्ना गरिएकाे छ।

त्यस्तै कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न त्रास,भय र अन्योलतामा रहेका जनतालाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर झन् आहात हुने काम सरकारले गरेको भन्दै भत्सना गरिएकाे छ।

यस्ताे बेला जनताको जीवनरक्षाका लागि सरकारलाई गम्भीररुपमा अघि बढ्न,रोग र भोकबाट जनतालाई मर्न नदिने वातावरण तयार गर्न समेत अपिल गदै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी प्रेस विज्ञप्ति मार्फत सरकारलाइ चेतावनी दिइएकाे छ।  हाम्रो अनलाइन

You might also like
Loading...