बिदेशमा काम गर्ने नेपालीद्वारा: विद्यालय बनाउन गाँस काटेर सहयोग

0 359

बर्दिया । अछामको कमलबजार मुली स्थित श्री कालिका आधारभूत विद्यालयको दान सहयोगबाट निर्माणाधीन दुई कोठे पक्की भवनका लागि पाल्पा घर भई हाल अष्ट्रेलियामा बसोबास गर्नु हुने दम्पती ॠतु रानी पौडेल र सुदर्शन ज्ञवालीले आफ्नो कम्पनी RISU Care Pvt Ltd. मार्फत रु. एक लाख पाँच हजार सहयोग रकम प्रदान गर्नु भएको छ।

जिर्ण दयनीय भौतिक अवस्थाको उक्त विद्यालयले हाल देश विदेशमा रहेका नेपाली बाट प्राप्त दान सहयोगबाट २ कोठे पक्की भवन निर्माण गरिरहेको छ। उक्त भवन निर्माणका निम्ति नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय मार्फत सहयोगको अपिल गरेको दिन देखी आज सम्म कुल ८ लाख ४५ हजार छ सय बयालिस रुपैयाँ सहयोग रकम जुटेको जानकारी विद्यालयका प्रधानाध्यापक देवेन्द्र सञ्ज्यालले जानकारी दिनु भएको छ।

सहयोगीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै प्रधानाध्यापक सञ्ज्यालले उक्त भवन निर्माण सम्पन्न गर्नका निम्ति सहयोगी मनकारी सबै लाई दान सहयोगको निम्ति अपिल समेत गर्नु भएको छ।

You might also like
Loading...