भेरी अस्पतालमा डाक्टर र नर्समाथि साङ्घातिक आक्रमण:अखिल (क्रान्तिकारी)द्वारा कारबाहीको माग

0 341

बाँके । नेकपा(क्रान्तिकारी माअोवादी) निकट अखिल (क्रान्तिकारी)ले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमणको विरोध जनाएको छ।

शुक्रबार अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । साथै,उक्त घटनाको छानविन गरी दोषीलाइ हदैसम्मको कारवाही गर्न समेत संगठनले माग गरेको छ।

सत्ताको आडमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक माथि हातपात गर्ने र अस्पताल तोडफोड गर्ने जोसुकैलाई पनि तत्काल कारबाही गरी चिकित्सक र स्वास्थ्यकर्मीको जीवन सुरक्षित भएको अनुभुती गराउन सरकार सँग माग गरेको छ।

You might also like
Loading...