बैरीसँग

0 375

डा. जग्दिश भण्डारी

हामीसँग
श्रम छ
पसिना छ
आस्था छ
प्रेम छ
त्यसैले
हामीलाई
रिसाहा
बनाएको छ

तिमीले
सयौं बर्खदेखि
दिएको
दु:ख पिर
अत्याचार शोषण
अन्याय विभेद
उँचनिच
थुप्रै चिज छ
जसले
हामीलाई
तिम्रो
बैरी बनाएको छ

तिम्रै रितिथितिबाट
भएका
हत्या बलात्कार
उत्पीडन दमन
ती सबैले
हामीलाई
तिमी विरुद्ध
ब्युँझाएको छ

पहाड हिमाल
रुख बिरुवा
नदी जङ्गल
सबैमा
तिम्रा नङ्ग्रा
गाडिएका छन्
विरूप पारिएका छन्
तसर्थ
हामी तिम्रा लागि
आतङ्ककारी फिदायिन
बन्न राजी छौं

पहिलेका
हाम्रा प्रिय
अहिलेका
हाम्रा दुस्मन
हामी तिमी विरुद्ध छौं
जेहादी भन
जे भन
तिम्रो मृत्युको
स्वप्न देखिरहेका छौं

You might also like
Loading...