नेपालको राष्ट्रिय स्वाधीनता खतरामा: सीपी गजुरेल

0 408

बर्दिया । नेकपा(क्रान्तिकारी माअोवादी) का स्थायी समिति सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा रहेको बताएका छन ।

बुधबार क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको भर्चुअल माध्यमबाट पत्रकार अन्तरक्रिया कार्यक्रममा गजुरेलले यस्तो बताउनु भएको हो ।

साथै उहाँले मुलुकमा वर्तमान स्थितिमा प्रधानमन्त्री केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले फिजाई रहेको भ्रमको खेतीबारे जनतालाई सजग गराउन जरुरी भएको बताउनु भयो ।

नेपालको संसदीय व्यवस्थामा देखा परेको संकटको एक मात्र विकल्प संघीय जनगणतन्त्र रहेको र त्यसका लागि संघर्ष गर्न देशभक्त नागरिकमा अपिल समेत गर्नु भएको छ ।

You might also like
Loading...