आँधी पुर्व! :बसन्त बोगटी

0 837

बसन्त  बोगटी

हेर!
हजारौं वर्षदेखि
दबेका-लाभाहरु
बहिष्कृत-जाति-भाषाहरु
शोषित-श्रम-पौरखहरु
एकताबद्ध विस्फोटित-आन्दोलित छन ।

चराहरुको मुक्ति-गितले
पिंजडा कामिरहेको छ ।
सामाजिक गति-चेतनाले
मनु-स्मृतिको जरा हल्लिएको छ ।

हेर!
सुन्दर-ज्वालामुखि उम्लिरहेको छ ।

परन्तु, उ अझै चकमन्न छ ।

जसरी, मुर्दा-निष्प्राण छ ।
जसरी, आँधी-पुर्व प्रकृति मौन देखिन्छ ।

पक्का, मुक्तिको आँधी आउदैछ ।

You might also like
Loading...