भारतले कब्जा गर्यो नेपालको हजारौं बिघा जमीन:नेकपा (क्रान्तिकारी माओवादी)द्वारा विरोध

0 413

काठमाडाैं । नेपालको जमिनमाथि भारतको कब्जाको निरन्तरता अहिले पनि रोकिएको छैन । अहिले महाकाली नदी पारीको चाँदनी–दोधारा नगरपालिकाको पुरै पश्चिमी सीमा क्षेत्रमा पर्ने हजारौं बिघा जमीन भारतले कब्जा गरेको छ र नेपाल–भारत सिमानामा गाडिएका ८४९ ओटा सीमास्तम्भहरु हराएको समाचार प्रकाशित गरिएका छन् ।

ओली सरकारले भारत सरकारसित कूटनीतिक पहल बढाएर उपरोक्त समस्याहरुको समाधान गर्न तत्परता देखाउनु पर्नेमा समस्याहरुप्रति अनदेखा गर्नु र उल्टै आफ्नो सरकार टिकाउनका लागि भारतीय शाषकवर्गको चाकडीमा लिप्त हुनु अत्यन्त दूर्भाग्यपूर्ण कुरा हो ।

नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारको जनताप्रतिको अनुत्तरदायी र राष्ट्रिय आत्मसमर्पणवादी रवैयाको तीव्र विरोध तथा भत्र्सना गर्दै प्रेस वक्तव्यमार्फत हालै चाँदनी–दोधारामा कब्जा गरिएको सहित सम्पूर्ण अतिक्रमित जमीन फिर्ता गराउन, गायव भएका सीमास्तम्भहरु खोज्न, नेपालमा बाढी आउने गरी अनाधिकृत रुपमा निर्माण गरिएका संम्पूर्ण संरचनाहरु हटाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ ।  नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका प्रवक्ता प्रतीकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा त्यस्तो माग गरिएको हो ।

You might also like
Loading...