अखिल(क्रान्तिकारी)द्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग

सशक्त सङ्घर्ष गर्ने चेतावनी

0 356

काठमाडौ । नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर जनता रोग र भोकबाट ग्रसित भएको अवस्थामा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन क्रान्तिकारीले माग गरेको हो ।

अनेरास्ववियू(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएको हुँदा तत्काल मूल्यवृद्धि फिर्ता नलिए आफुहरु सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

You might also like
Loading...