ठाकुरबाबा नगरपालिका भ्रष्टाचारको अखडा: फर्जी हाजिर गरेर आर्थिक अनियमितता

नगरपालिका रकम हिनामिनाको सूचना पाउँदा पनि मौन

0 2,649

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न ठाउँमा बाटो निर्माण गरेको छ। उपभोक्ता समिति मार्फत निर्माण भएका उक्त बाटो निर्माणको काममा सहभागी नै नभएका स्थानीयको हाजिर देखाएर समेत नगरपालिकाले भुक्तानी  दिएको छ। काम नै नगरेकाहरुलाई फर्जी हाजिरी देखाएर १०० दिन बराबरको ज्याला भुक्तानी गराइ रकम हिनामिना गरेको भन्दै अहिले विरोध भईरहेको छ।

यो त एउटा प्रतिनिधि मुलक घटना मात्र हो, यस्तै भौतिक पूर्वाधारका आयोजनाहरुमा छुट्टै बजेट विनियोजन भएता पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतबाट जनशक्ति परिचालन गरि नीतिगत रुपमा भ्रष्टाचार गरिएको पाइएको छ ।

ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधिहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यकर्ता खुसी बनाउन फर्जी हाजिर देखाएर काम नगरी ज्यालाका नाममा बजेट वितरण गरेको दावी स्थानीयले गरेका छन।

साथै,अर्को हास्यास्पद कुरा के छ भने कुनै पनि आयोजना पूरा गर्न उपभोक्ता समिति गठन गरिन्छ, उक्त समितिले आफ्नो व्यक्तिगत सम्पत्ति खर्च गरेर आयोजनाको काम पूरा गर्छ अनि राज्यकोषबाट अबैधानीक तवरले रकम भुक्तानी गर्छ रे कस्तो अचम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बाटो निर्माण कार्यमा के के सामाग्री आवश्यक पर्छ त्यो त नगरपालिकाले उपलब्ध गराएको होला । छैन भने पनि कामदारहरुले आ-आफ्नो अौजार प्रयोग गरेको पाईन्छ ।

माथि उल्लेख गरिएका सम्पूर्ण विषयमा जनपथ खबरले ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल र वडा नम्बर १ का अध्यक्ष श्यामलाल थारुलाई समेत यस्ता अनियमितता बारे जानकारी गराउँदा पनि वेवास्ता गर्नु भएको छ ।

उहाँहरुको यस्तो व्यवहाबाट के अनुमान गर्न सकिन्छ भने जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा अधिकाशं योजनामा नामकै लागि उपभोक्ता समिति गठन गर्ने र आफ्नो अासेपासे एवं नातेदारहरुलाई ठेक्का दिने अनि आर्थिक अनियमितता गर्ने । यसको जल्दोबल्दो उदाहरण हो आर्थिक बर्ष ०७७/०७८ का विभिन्न आयोजनाहरु जस्को प्रमाण हामीसँग सुरक्षित छ।

ठेकेदार, उपभोक्ता समिति र जनप्रतिनिधिको मिलोमतोमा वैधानिक प्रक्रिया पूरा गरेर अनियमितता गरेको पाइएको छ । हामी देख्न सक्छौ प्रत्येक कार्यालयको ढोकामै ‘ म भ्रष्टाचार गर्दिन,गर्न पनि दिन्न’ भन्ने स्लोगन लेखेपनि स्थानीय तह जनप्रतिनिधिको क्रियाकलापले भ्रष्टाचारको अखडा बनेको छ ।

You might also like
Loading...