अदालतको फैसला सकारात्मक, दिर्घकालिन समाधान भने होइन:नेकपा(क्रान्तिकारी माओवादी)

0 335

बर्दिया । तत्कालीन हिसाबले सर्वोच्च अदालतको फैसला सकारात्मक भएता पनि दिर्घकालिन दृष्टिकोणले सकारात्मक किमार्थ होइन बरु इन्डोप्यासिभिक रणनीतिले पुनः सफलता पाएको देखिन्छ । त्यसैले नेपालको राष्ट्रियता गम्भीर संकटमा फसेको छ । साथै यसले वर्तमान राजनीतिक सङ्कट र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान गर्न सक्दैन ।

नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकद्वारा जारी गरिएको प्रेसवक्तव्यमा सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री के पी शर्मा ओलीको स्वेच्छाचारिता, निरङ्कुशता र अहङ्कारवाद माथि अङ्कुश लगाउने काम गरेको बताइएको छ ।

वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य छ, त्यसका निम्ति सबै सच्चा देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरु मिलेर संयुक्त संघर्ष गर्न नेकपा (क्रान्तिकारी माओवादी)ले आग्रह समेत गरेको छ ।

You might also like
Loading...