राष्ट्रघात,जनघात,महंगी,भ्रष्ट्राचार र एमसीसी सम्झौताको विरोध प्रदर्शन

0 495

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति,बर्दियाले हिजो गुलरियामा विरोध सभा सम्पन्न गरेको छ ।

राष्ट्रघात,जनघात,महंगी,भ्रष्ट्राचार र एमसीसी सम्झौताको विरोधमा पार्टीले विरोध सभा गरेको हो । उक्त कार्यक्रमको संचालन बर्दिया जिल्ला सेक्रेटरी विपिनले गर्नु भएको थियो ।

गुलरियाको राधाकृष्ण चोकमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले एमसीसी सम्झौता पास नगर्न, भ्रष्टाचारीलाई कारबाही गर्न र कोरोनाको महामारीले जनतामा परेको असरको राज्य जिम्मेवार हुनुपर्ने बताए ।

वस्तुगत आवश्यकता अनुरुप अहिलेको संसदीय व्यवस्थाले जनताका समस्या समाधान नगर्ने हुँदा यसको विकल्पमा संघीय जनघणतन्त्र हुँदै बैज्ञानिक समाजवाद भएको बताउनुभयो । साथै स्थानीय मुद्दाको विशेष उठान गर्दै पार्टी पंक्तिलाई स्थानीय संघर्षमा जुट्न निर्देशन सम्म गर्नु भयो ।

स्थानीय स्तरमा भएका सम्पूर्ण व्यथितिहरुको सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने अन्यथा जनकारबाही गर्ने उहाँले बताउनुभयो  ।

You might also like
Loading...