जनउत्थानद्वारा सदस्यको घरमै गई बीमा दावी रकम हस्तान्तरण

0 708

बाँके । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिमा दावी रकम भुक्तानी गरेको छ ।  बाँके जिल्ला खजुरा गाँउपालिका वडा नं. ०५ स्थित शाखा कार्यालय बागेश्वरीमा आबद्ध सदस्य (केन्द्र नं. ६८) नमस्ते बैकिङ्ग समुदायकि श्री रुपा परियारको मृत्यु पश्चात निजका श्रीमान रवि परियारलाई बिमा दावी रकम उपल्ध गराइएको हो ।निज सदस्यको मिति २०७७/११/०८ गते दुर्घटनाबाट मृत्यु भएको थियो ।

रुपा परियारले यस संस्थाबाट पटक-पटक गरि ३१००००/- हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि बिमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजक्रिया खर्च सहित रु ४८४६४९/- रकम भुक्तानी गरिएको हो ।

शुक्रबार संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलद्घारा निज मृतक सदस्यका श्रीमान रवि परियारलाई चेक हस्तान्तरण गरि भुक्तानी गरिएको हो।

संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, मानव संसाधन प्रमुख इन्द्र बराली, आलेप प्रमुख बसन्त बच्भैया,क्षेत्रीय कार्यालय कोहलपुरका अनुगमन अधिकृत मधु कुँवर, शाखा प्रमुख रमेश सुनार, कर्मचारी आयुष न्यौपाने,सावित राम थारु,कृष्णप्रसाद थारु, बिशाल शोव र बैकिङ्ग समुदायका सम्पुर्ण सदस्यहरुको उपस्थिति भएको थियो ।

You might also like
Loading...