नेपाली कम्युनिस्ट आन्दोलन:एकता र ध्रुवीकरण
नेपाली कम्युनिस्ट आन्दोलनमा बेला बखत एकता , ध्रुवीकरण तथा पार्टी पुनर्निर्माणको चर्चा हुने गर्दछ । तर , त्यो कार्यले सार्थकता पाउन सकिरहेको छैन । त्यसका पछाडि रहेका बस्तुगत कारण के हुन ? भन्ने बिषयमा त्यति ध्यान पुगेको देखिदैन । एउटा देशमा सर्वहारा बर्गको कम्युनिस्ट पार्टी एउटै मात्रै हुनुपर्ने मान्यता बारे त्यति बिमति पनि देखिदैन , तर व्यबहारमा एउटै कम्युनिस्ट पार्टी बन्न पनि सकिरहेको छैन ।
नेपालमा जनताको सदभाव सहानुभूति र जनमत कम्युनिस्ट आन्दोलनको पक्षमा रहेकोले गैर कम्युनिस्टहरुले पनि आफुलाइ कम्युनिस्ट बताउदै जनतामा ब्यापक भ्रम सिर्जना गर्दै आए । जसले कम्युनिस्ट पार्टीको त होइन, सामान्य वामपन्थी सम्मको पनि भुमिका निर्वाह गर्न सकेको छैनन । त्यो भ्रमबाट जनतामा आलोचनात्मक चेतको बिकास गर्न नसक्नु कम्युनिस्ट आन्दोलनको गम्भीर समस्या हो । त्यतिमात्र होइन , एकातिर आधारभुत रुपमा समान दृष्टिकोण रहेका क्रान्तिकारी शक्तिहरु बीच कम्युनिस्ट आन्दोलनलाइ एकताबद्ध गर्ने बिषयमा त्यति गम्भीर्यता नदेखिनु र अर्कोतिर कम्युनिस्ट आन्दोलनबाट च्युत भएका तथा संसदवादमा नाङ्गो रुपमा पतन भएकाहरूले सबै कम्युनिस्टहरु एक हुनुपर्ने नारा लगाइ रहेको पृष्ठभूमिमा क्रान्तिकारी कम्युनिस्टहरु थप जिम्मेवार भएर कम्युनिस्ट एकता , ध्रुवीकरण र पार्टी निर्माणमा जुट्नु पर्ने समयको माग र आवस्यकता हो । तर, त्यस बिषयमा त्यति ध्यान पुगेको छैन । जसले गर्दा सामान्य कर्यनीति प्रश्नमा अन्तर देखिए पनि अलग पार्टी बनाउने परम्परा स्थापित हुदै आएको छ, तर त्यो सही दृष्टिकोण होइन ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि त्यसप्रकारका फुट र बिभाजन हुदै आएकोले कार्यनीतिमा अन्तर देखिए पनि फुट्नु जायज हुने जिकिर गर्ने चलन यहाँ ब्यापक छ,तराईमा त्यो सही होइन । तात्कालिक हिसाबले कार्यनैतिक प्रश्नमा हुने बिभाजनलाइ विभिन्न तर्कद्वारा सहि प्रमाणित गरे पनि सैद्धान्तिक हिसाबले कम्युनिस्ट आन्दोलन र सर्वहारा बर्गको मुक्तिको प्रश्नमा गम्भीर नकारात्मक असर पुगेको तथ्यप्रति त्यति ध्यान जाने गरेको छैन , यो कम्युनिस्ट आन्दोलनको गम्भीर समस्या हो । माओको भनाइ छ , सम्पुर्ण रूपमा मिलेकोमा एकताको कुनै गुन्जायस हुदैन , एकता भनेको नै एक अर्कोमा रहेको अन्तरका बीचको एकता हो । त्यस कारण पार्टि एकता वा ध्रुवीकरण को चर्चा गर्दा सम्पुर्ण रुपमा समान सोचाइ र नीति भएमा मात्र एकता हुन्छ भन्ने कोण्बाट मात्र सोचियो भने त्यो एकता हुदैन । यसका साथै अर्को एउटा पक्षप्रतिशात पनि हाम्रो ध्यान जान जरुरी छ त्यो हो एकताको नाममा सिद्धान्तमा मोलतोल गर्ने र आधारभुत रुपमा फरक हुदा पनि एउटै पार्टी बनाउन सकिन्छ भनेर सिद्धान्तलाइ तिलान्जलि दिने जुन प्रवृत्ति छ यसले कम्युनिस्ट आन्दोलनलाइ विसर्जनतर्फ नै लग्दछ ।
वास्तवमा सर्वहारा बर्गको पार्टी निर्माण र क्रान्ति गर्ने सोचाइलाइ केन्द्रमा राखेर नै एकता र ध्रुवीकरण प्रक्रियालाइ अगाडि बढाउनु अहिलेको आवस्यकता हो । कम्युनिस्ट आन्दोलनलाइ एकताबद्ध गर्न कुनै आग्रह वा पुर्वाग्रह भन्दा माथि उठेर नै एकता वा ध्रुवीकरणको प्रक्रियालाइ अगाडि बढाउन सकिन्छ र सक्नु पर्दछ । यस सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले लगातार पार्टी एकताको लागि इमानदारी पुर्वक पहल र प्रयत्न गर्दै आए पनि सार्थकता पाउन सकिरहेको छैन । तर , तात्कालिक रुपमा सफलता नमिले पनि पार्टी एकता , ध्रुवीकरण र पार्टी निर्माणमा त्यसको ऐतिहासिक महत्व रहेको छ ।
बिभाजित आन्दोलनलाई एकताबद्ध गर्न सामन्य मेहनत र औपचारिक सम्बादले मात्रै अबस्य त्यो कुरा पुरा हुदैन , त्यसका लागि पार्टी एकताका आधारहरु बारे आबस्यकता अनुसार आन्तरिक र खुल्ला बहस गर्न तयार हुनुपर्दछ । अहिले संसदवादि “कम्युनिस्ट “ पार्टीहरुले एकताको जुन चर्चा गरेका छन त्यो कम्युनिस्ट पार्टीको एकता नभएर पुजीवादीहरु कै एकता हुने कुरा निश्चित छ । तसर्थ , सच्चा क्रान्तिकारीहरुको एकताको लागि छरिएर रहेका सबै कम्युनिस्टहरुले आ – आफ्नो ठाउँबाट ईमानदारिता पुर्वक सचेत पहल र प्रयत्न गर्ने हो भने एकताको आधार बन्न सक्दछ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का महासचिव क मोहन बैद्य किरणले केही दिन पहिले ४३ औ पुष्पलाल स्मृति दिवसका अबसरमा आयोजित कार्यक्रममा कम्युनिस्ट क्रान्तिकारीहरु बीच एकताको लागि जुन दृष्टिकोण अगाडि सार्नु भएको छ, त्यसलाइ प्रस्थानबिन्दु मानेर अगाडि बढ्दा बिभाजित आन्दोलनलाइ एक ठाउँमा ल्याउन सकिने छ ।नेपाली कम्युनिस्ट आन्दोलनमा बेला बखत एकता , ध्रुवीकरण तथा पार्टी पुनर्निर्माणको चर्चा हुने गर्दछ । तर , त्यो कार्यले सार्थकता पाउन सकिरहेको छैन । त्यसका पछाडि रहेका बस्तुगत कारण के हुन ? भन्ने बिषयमा त्यति ध्यान पुगेको देखिदैन । एउटा देशमा सर्वहारा बर्गको कम्युनिस्ट पार्टी एउटै मात्रै हुनुपर्ने मान्यता बारे त्यति बिमति पनि देखिदैन , तर व्यबहारमा एउटै कम्युनिस्ट पार्टी बन्न पनि सकिरहेको छैन ।
नेपालमा जनताको सदभाव सहानुभूति र जनमत कम्युनिस्ट आन्दोलनको पक्षमा रहेकोले गैर कम्युनिस्टहरुले पनि आफुलाइ कम्युनिस्ट बताउदै जनतामा ब्यापक भ्रम सिर्जना गर्दै आए । जसले कम्युनिस्ट पार्टीको त होइन, सामान्य वामपन्थी सम्मको पनि भुमिका निर्वाह गर्न सकेको छैनन । त्यो भ्रमबाट जनतामा आलोचनात्मक चेतको बिकास गर्न नसक्नु कम्युनिस्ट आन्दोलनको गम्भीर समस्या हो । त्यतिमात्र होइन , एकातिर आधारभुत रुपमा समान दृष्टिकोण रहेका क्रान्तिकारी शक्तिहरु बीच कम्युनिस्ट आन्दोलनलाइ एकताबद्ध गर्ने बिषयमा त्यति गम्भीर्यता नदेखिनु र अर्कोतिर कम्युनिस्ट आन्दोलनबाट च्युत भएका तथा संसदवादमा नाङ्गो रुपमा पतन भएकाहरूले सबै कम्युनिस्टहरु एक हुनुपर्ने नारा लगाइ रहेको पृष्ठभूमिमा क्रान्तिकारी कम्युनिस्टहरु थप जिम्मेवार भएर कम्युनिस्ट एकता , ध्रुवीकरण र पार्टी निर्माणमा जुट्नु पर्ने समयको माग र आवस्यकता हो । तर, त्यस बिषयमा त्यति ध्यान पुगेको छैन । जसले गर्दा सामान्य कर्यनीति प्रश्नमा अन्तर देखिए पनि अलग पार्टी बनाउने परम्परा स्थापित हुदै आएको छ, तर त्यो सही दृष्टिकोण होइन ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि त्यसप्रकारका फुट र बिभाजन हुदै आएकोले कार्यनीतिमा अन्तर देखिए पनि फुट्नु जायज हुने जिकिर गर्ने चलन यहाँ ब्यापक छ,तराईमा त्यो सही होइन । तात्कालिक हिसाबले कार्यनैतिक प्रश्नमा हुने बिभाजनलाइ विभिन्न तर्कद्वारा सहि प्रमाणित गरे पनि सैद्धान्तिक हिसाबले कम्युनिस्ट आन्दोलन र सर्वहारा बर्गको मुक्तिको प्रश्नमा गम्भीर नकारात्मक असर पुगेको तथ्यप्रति त्यति ध्यान जाने गरेको छैन , यो कम्युनिस्ट आन्दोलनको गम्भीर समस्या हो । माओको भनाइ छ , सम्पुर्ण रूपमा मिलेकोमा एकताको कुनै गुन्जायस हुदैन , एकता भनेको नै एक अर्कोमा रहेको अन्तरका बीचको एकता हो । त्यस कारण पार्टि एकता वा ध्रुवीकरण को चर्चा गर्दा सम्पुर्ण रुपमा समान सोचाइ र नीति भएमा मात्र एकता हुन्छ भन्ने कोण्बाट मात्र सोचियो भने त्यो एकता हुदैन । यसका साथै अर्को एउटा पक्षप्रतिशात पनि हाम्रो ध्यान जान जरुरी छ त्यो हो एकताको नाममा सिद्धान्तमा मोलतोल गर्ने र आधारभुत रुपमा फरक हुदा पनि एउटै पार्टी बनाउन सकिन्छ भनेर सिद्धान्तलाइ तिलान्जलि दिने जुन प्रवृत्ति छ यसले कम्युनिस्ट आन्दोलनलाइ विसर्जनतर्फ नै लग्दछ ।
वास्तवमा सर्वहारा बर्गको पार्टी निर्माण र क्रान्ति गर्ने सोचाइलाइ केन्द्रमा राखेर नै एकता र ध्रुवीकरण प्रक्रियालाइ अगाडि बढाउनु अहिलेको आवस्यकता हो । कम्युनिस्ट आन्दोलनलाइ एकताबद्ध गर्न कुनै आग्रह वा पुर्वाग्रह भन्दा माथि उठेर नै एकता वा ध्रुवीकरणको प्रक्रियालाइ अगाडि बढाउन सकिन्छ र सक्नु पर्दछ । यस सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले लगातार पार्टी एकताको लागि इमानदारी पुर्वक पहल र प्रयत्न गर्दै आए पनि सार्थकता पाउन सकिरहेको छैन । तर , तात्कालिक रुपमा सफलता नमिले पनि पार्टी एकता , ध्रुवीकरण र पार्टी निर्माणमा त्यसको ऐतिहासिक महत्व रहेको छ ।
बिभाजित आन्दोलनलाई एकताबद्ध गर्न सामन्य मेहनत र औपचारिक सम्बादले मात्रै अबस्य त्यो कुरा पुरा हुदैन , त्यसका लागि पार्टी एकताका आधारहरु बारे आबस्यकता अनुसार आन्तरिक र खुल्ला बहस गर्न तयार हुनुपर्दछ । अहिले संसदवादि “कम्युनिस्ट “ पार्टीहरुले एकताको जुन चर्चा गरेका छन त्यो कम्युनिस्ट पार्टीको एकता नभएर पुजीवादीहरु कै एकता हुने कुरा निश्चित छ । तसर्थ , सच्चा क्रान्तिकारीहरुको एकताको लागि छरिएर रहेका सबै कम्युनिस्टहरुले आ – आफ्नो ठाउँबाट ईमानदारिता पुर्वक सचेत पहल र प्रयत्न गर्ने हो भने एकताको आधार बन्न सक्दछ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का महासचिव क मोहन बैद्य किरणले केही दिन पहिले ४३ औ पुष्पलाल स्मृति दिवसका अबसरमा आयोजित कार्यक्रममा कम्युनिस्ट क्रान्तिकारीहरु बीच एकताको लागि जुन दृष्टिकोण अगाडि सार्नु भएको छ, त्यसलाइ प्रस्थानबिन्दु मानेर अगाडि बढ्दा बिभाजित आन्दोलनलाइ एक ठाउँमा ल्याउन सकिने छ ।(लेेेखक प्रेम सुवेदी )