नेकपा (क्रान्तिकारी माओवादी )लुम्बिनी प्रदेश समितिको बैठक सम्पन्न: संघर्षका कार्यक्रम गर्ने

0 233

दाङ। नेकपा (क्रान्तिकारी माओवादी ) लुम्बिनी प्रदेश समितिले सङगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।

सो पार्टीको भाद्र १२ गते भालुवाङमा सम्पन्न प्रदेश बैठकले राजनीति सम्पर्क सङगठन र संघर्षलाई केन्द्रीकृत रुपमा उठान गर्न अभियान संचालन गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य एवं प्रदेश इन्चार्ज प्रेम सुबेदीले बताउनुभयो ।

अर्का पोलिटब्युरो सदस्य एवं प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेका अनुसार अभियानको जिल्ला जिल्लामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राजनैतिक बैचारिक प्रस्टता; पार्टी सम्पर्क; सङगठन निर्माण र आन्दोलन सङ्सङगै उठान गर्न अभियान तयारी गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

You might also like
Loading...