गाउँ गाउँमा संगठन बनाउदै क्रान्तिकारी माओवादी

0 338

नवलपरासी  । नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर  समितिले संगठन सुदृढीकरण  तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं  शान्तिनगर टोलको संयुक्त भेला सम्पन्न गरेको छ ।  बिहिवार सम्पन्न भेलाले मुक्तमाया महतो ‘निता’को नेतृत्वमा ९ सदस्सिय सम्युक्त टोल समिति गठन गरेको हो ।  क्रान्तिकारी माओवादी बर्दघाट  नगर सहसेक्रेटरी आकाशका अनुसार टोल समितिमा कृष्ण ; दिपा; मुना; नरबहादुर; तारा;सन्सारलगायत चयन हुनुभएको छ । टोल टोलमा पार्टीको प्रारम्भिक (सेल) समिति जनबर्गिय  सङगठन एवं  मोर्चा  गठन कार्य तिब्र बनाइएको  उहाँले जानकारी दिनुभयो । भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेलले संसदीय ब्यवस्थाको बिकल्प खोज्नु पर्नेमा जोड दिदै अब त्यसले पहल पार्टीले गर्ने बताउनुभयो ।  कार्यक्रमा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेयले श्रमजिबि जनताको हरेक न्यायिक आन्दोलनमा पत्रकारहरुको साथ रहने बताउनु भयो ।  क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्ने दाबी गर्नुभयो । कार्यक्रममा सहभागीहरुले देशमा आमूल परिवर्तन भए पनि बिकृति  बिसङगति र महङ्गि वृद्धि उस्तै रहेको र जनताले निकै सास्ती पाएका बिसयमा पार्टीले आवाज उठाउनु पर्ने बताएका थिए । युवा बिद्यार्थी ;महिला ;मजदुर; किसान; दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुले सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय युवा सन्तोष बिकले पार्टीले गाउँ गाउमा अभियान ल्याएकोमा आफुहरुलाई खुसी लागेको  बताउदै असमनताको विरुद्ध उठ्ने हरेक आन्दोलनलाई युवाहरुले साथ दिने बताउनुभयो । कार्यक्रम क्रान्तिकारी माओवादीका नगर सदस्य मुक्तमाया महतोको अध्यक्षतामा भएको थियो । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यहि भाद्र २५ गते बर्दघाटमा राजनीति ; सम्पर्क ; संगठन र सङघर्स ( राससस)  अभियान उदघाट्न गर्दैछ । डेढ महिने अभियानमा जिल्लाको सबै स्थानीय तहमा पार्टी बिस्तार हुने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।

You might also like
Loading...