कैलाली अपडेट: नदिमा डुबेर २ बालकको मृत्यु

0 520

कैलाली । कैलालीका दुई जना बालकको नदिमा डुबेर मृत्यु भएको छ। गोदावरी न.पा. १ बस्ने पुष्कर थापाको छोरा बर्ष १० योगेन्द्र थापा र सोही ठाउँका हेम थापाको छोरा बर्ष १४ को अयुग थापाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो अन्दाजी २:३० बजेतिर घर देखी निस्केको र साँझ अवेर सम्म पनि घर नफर्केकाले निजहरुको खोजी गर्ने क्रममा मनहरा नदिको किनारमा दुबै जनाको कपडा भेटिएको थियो ।

उहाँहरुको खोजतलास गर्दै जादा दुबै जना कपडा राखेको ठाँउ बाट १५/२० फिट टाढा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।

You might also like
Loading...