२२ दलीय संगठनको आह्वान: एमसिसि खारेजी गराउन देशभक्तहरु एक हौँ

0 298

बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ ।

आइतबार जारी गरेको उक्त विज्ञप्तिमा संगठनको तर्फबाट सीपी गजुरेलले हस्ताक्षर गर्नु भएको छ । त्यस विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्ने भनिएको छ ।

एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्न उक्त परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको लस्कर नेपाल भ्रमणमा आउन लागेको उल्लेख गरिएको छ। २२ दलिय संगठनले राष्ट्रिय हितविपरित हुने भ्रमणको विरुद्ध विरोध प्रदर्शनहरूको आयोजना गरिने बताएको छ । विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने  उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी,  राष्ट्रिय जनमोर्चा ,  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान,  नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्  ।

You might also like
Loading...