देशको माया गर्ने प्रत्येक जनता-राष्ट्र जागौं !

0 899

– वसन्त बोगटी

देशको माया गर्ने प्रत्येक जनता-राष्ट्र जागौं !
साम्राज्यवादका दलाल सबै धुलोपिठो पारौं !!

कोशि-गण्डक-टनकपुरका अपराधी जत्था ।
महाकालीको सन्धि गर्ने राष्ट्रघाति कहाँ छ ?

देशभक्त को ? देशद्रोही को ? राम्रो गरि चिनौं!
विस्तारवादका दलाल सबै धुलोपिठो पारौं!!

भ्रष्टाचारी-बलत्कारी-तस्कर, कथित-सरकार ।
जन-राष्ट्रका दुश्मनहरु, देशद्रोही खबरदार ।।

तरबार-खुंडा-खुकुरी शस्त्र-अस्त्र लिई उठौं !
विस्तारवादका दलाल सबै धुलोपिठो पारौं !!

अझै अर्को राष्ट्रघातको खतरा छ जुटौं !
स्वाधीनताको रक्षा गरौं, देशको निम्ति लडौं !

साम्राज्यवादका दलाल सबै धुलोपिठो पारौं !!!

You might also like
Loading...