स्थानीय तहमा भ्रष्टाचारको जालो: बारबर्दियामा जनप्रतिनिधिबाटै अनियमितताको चलखेल

0 2,763

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा भ्रष्टाचार अराजक ढङ्गले बृद्धि हुँदै गएको पाइएको छ। पछिल्लो समय त्यहाँका स्थानीयहरुले पटकपटक भ्रष्टाचार भइरहेको गुनासो गरिरहेका छन। भ्रष्टाचार भएका धेरै उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत परेका छन ।

उक्त नगरपालिकामा घुस लिने–दिने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, परीक्षाको परिणाम फेरबदल गर्ने वा गोपनीयता भंग गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्नेजस्ता भ्रष्टाचारका प्रवृत्ति अधिक रहेको बुझिएको छ।

बारबर्दिया नगरपालिकामा नगर अस्पताल बनाउनका निमित्त आवश्यक जग्गा परिपुर्ति गर्ने सन्दर्भमा भ्रष्टाचार भएको जनगुनासो छ । २०७४ सालमा जग्गा दाता तुलाराम रिजालले नगर अस्पतालको भवन निर्माण गर्न आवश्यक १ विगाहा जग्गा दान गर्नु भयो । उक्त जग्गा दानमा लगि दिए बापत मेयरको श्रीमती  र कार्यपालिका सदस्य टेक बहादुर बि.क. लाई १/१ कठ्ठा जग्गा दिइएको आरोप लागेको छ।

सो २ कठ्ठा जग्गा २०७६ सालमा बि.क.को नाममा पास गरियो र २०७७ सालमा १ कठ्ठा जग्गा थारुको नाममा पास गरिएको छ। त्यस नगरका मेयर दुर्गा थारु(कविर)ले नगर अस्पतालका लागि आवश्यक जग्गा त्यही जग्गा दानमा लिने एकलौटी निर्णय गर्नु र त्यही जग्गा आफुले किन्नु संयोग भन्न किमार्थ सकिदैन ।

त्यसैगरी उक्त जग्गामा कार्यपालिका सदस्य टेक बहादुर बि.क.ले आफ्नो घर निर्माण गर्नु भएको छ।सो घरमा हाल पशु स्वास्थ्य कार्यालय राखिएको छ। मेयरको उपस्थितिमा सरकारी अस्पतालका पुराना दुईवटा झ्याल समेत त्यस घरमा प्रयोग भएको छ।यो सरकारी सम्पत्ति हिनामिना ठहरिन्छ।त्यो घर निर्माणका लागि आवश्यक सामाग्री समेत
रम्मापुरदेखि गुलरिया भन्सारसम्म बाटो निर्माण गर्ने कम्पनी कुमार कन्ट्रक्सनले दिएको बुझिन्छ । नाफा कमाउने उदेश्यका कम्पनीले किन निशुल्क सामाग्री उपलब्ध गरायो होला ? किनभने कुमार कन्ट्रक्सनले निर्माण गरेको उक्त बाटोमा कमसल खालका सामाग्री प्रयोग भएका छन। सो बाटो हुनुपर्ने मापदण्ड भन्दा विपरीत तरिकाले निर्माण भएको छ। अहिले त्यो बाटो ठाउँ ठाउँमा भत्किएर टालटुल पारेको देख्न सक्छौ ।

साथै नगरपालिकाले कुमार कन्ट्रक्सनलाई निशुल्क रुपमा सरकारी सम्पत्ति दुरुपयोग गरेर बसपार्क र कृषि मेला लगाउने ठाउँ (क्याम्पस अगाडि ) निर्माण सामाग्रीहरु पार्किङ गर्न दिएको छ ।

त्यसैगरी दशरथ मा.वि.मा पनि आर्थिक अनियमितता भएको छ । यस बिषयमा अख्तियारमा समेत उजुरी परेको छ। यसै नगरको १ नम्बरमा एक सरकारी बिद्यालय निर्माण गर्न टेण्डर प्रक्रियाबाट ठेक्का दिइएको थियो । त्यसमा प्रयोग गरिने झ्यालका लागि आवश्यक काठ पनि पुलमा भएको काठ चिराएर झ्याल बनाइएको पाइएको छ।

त्यसैगरी १८० जना नगर शिक्षक नियुक्ति गर्ने वेलामा प्रतिव्यक्ति ५०००० देखि १००००० गरि करिब एक करोड रकम उठाएको नाम नखुलाउने सर्तमा त्यहाँका एक जना स्थानीयले जनपथ खबरलाई बताएका छन।

You might also like
Loading...