बुटवलमा राष्ट्रघाती एमसीसीको बिरुद्धमा कालो झण्डा प्रदर्शन

0 291

बुटवल । राष्ट्रघाती एमसीसीको बिरुद्धमा नेकपा ( क्रान्तिकारी माओवादी ) सहित २२ दलीय संयुक्त मोर्चा अन्तर्गत संघर्ष समितिले कालो झण्डा प्रदर्शन तथा जुलुसका साथै , कोण सभा कार्यक्रम बुटवलको जेसीस चोकमा सम्पन्न गरेको छ ।

कार्यक्रमको संचालन राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले गर्नु भएको थियो । उक्त कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी ) का प्रदेश सदस्य एवं क्रान्तिकारी युवा लिग नेपालका लुम्बिनी प्रदेशका सचिव प्रगति रानाले सम्बोधन गर्नु भएको थियो ।

साथै , २२ दलीय मोर्चामा सम्मीलित दल जनमोर्चाका नेता नारायण जिसी , नेकपाका तर्फबाट बिरेन्द्र विक र मालेका गोपालमणि गौतम लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

You might also like
Loading...