धर्म विभेद र शोषणको कुरुप दस्तावेज हो!

0 470

– सुनिता बुढाथोकी 

प्रीय महिलाहरु!
संधै पुरुष र पत्थरको पुजा गरेर
हाम्रो स्वतन्त्र अस्तित्व र आजादि असम्भव छ !
कथित धर्मको आदर्श समाई जिन्दगी खोरमा थुन्न बन्द गर!

सिताको पवित्र प्रेमलाई
अग्नि परिक्षा लिने राम कसरी भगवान हुन सक्छ ?
के रामलाई न्यायको कठघरामा झुन्डाउनु पर्दैन ?
आजको युगका सिताहरुले
रामको पुजा/आराधना होईन बहिष्कार गर्नुपर्छ ।

महाभारतको अध्यारो युगमाथि गर्व गरेर
पान्डवहरुको ज्यादतीको पुजा किन गर्ने ?
कौरव सभामा द्रौपदिको इज्जत निवस्त्र गर्ने
जुवाडे युधिष्ठरहरु कसरि धर्मका मसिहा बन्न सक्छन ?
के धर्मले हामि माथि
निरन्तर थोपरेका
विभेदका दस्तावेजहरु जलाउनु पर्दैन ?

कृष्णको काला कर्तुतहरुको इतिहास
कसरी सम्मानित र पुजनिय छ ?
निरपेक्ष धर्मको पुजा गरेर
वर्तमानलाई निषेध गर्नु के अपराध होईन ?
प्रीय महिलाहरु!
अपराध र अपराधी को पुजाले
निरन्तर अपराध र दलन मात्रै जन्माउछ ।
कृष्णको पुजा होईन हत्कडि लगाउने साहस गरौं!

धर्म विभेद र शोषणको कुरुप दस्तावेज हो!

प्रीय महिलाहरु
पुरुषको पैतालाको पानी खाने परम्परा तोडौं!
कथित धर्मको कुरुप पहाड ध्वस्त गरौं!
शिव र पार्वतीको कथा होईन
विद्रोह र क्रान्तिका दस्तावेज पढौं !

हामीले हाम्रो युगलाई आजादिको बाटो देखाउनु पर्छ ।

You might also like
Loading...