बर्दियामा एमसीसी सम्झौता विरुद्ध मसाल जुलुस प्रदर्शन

0 419

बर्दिया । बर्दिया जिल्लाको गुलरियामा मसाल जुलुस सहित कोण सभा सम्पन्न भएको छ । आइतबार नेकपा( क्रान्तिकारी माअोवादी)बर्दियाले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध उक्त कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा अध्यक्षता ममता गौतमको रहयो भने उक्त कार्यक्रमको संचालन जिल्ला पार्टीका नेता धर्मराज रिजालले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला सचिव विपीन प्रमुख वक्ता हुनुहुन्थ्यो भने क्रमशः प्रदेश सदस्य कमरेड विशाल , युवा नेता कमरेड कुमार काफ्ले , विद्यार्थी नेता कमरेड भुवन तिमिल्सिना र जिल्ला नेता कमरेड हार्दिकले सम्बोधन गर्नुभएको थियोे ।

You might also like
Loading...