नेपालगन्जमा ८ दलको संयुक्त जुलुस सहित विरोध सभा सम्पन्न

0 463

बाँके ।नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) लगायत वाइस दलीय संयुक्त मोर्चा अन्तर्गतको बाँकेको नेपालगन्जमा ८ दलको संयुक्त जुलुस सहित विरोध सभा सम्पन्न भएको छ । राष्ट्रघाती एम.सी.सी सम्झौता खारेजीको माग गर्दै बिहीबार उक्त विरोध सभा सम्पन्न भएको  हो ।

उक्त विरोध सभाको अध्यक्षता शालिकरामले गर्नु भयो भने कार्यक्रमको संचालन जगदीश ढकालले गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन नेकापा (क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो । उहाँले सम्बोधनको क्रममा एमसीसी राष्ट्रघाती भएको कुरा थुप्रै तथ्यहरुले पुष्टि गरिसकेको छ । अबको बहस एमसीसी इण्डाे-प्यासिफिक स्ट्राटेजीको अंग हो या होइन र यो राष्ट्रघाती छ वा छैन भन्ने कुरामा होइन । अब यो इण्डाे-प्यासिफिक स्ट्राटेजीको अगं हो । राष्ट्रघाती पनि छ । जनता पनि यसका विरुद्धमा सडक संघर्षमा आइसकेको अवस्था हो ।

साथै,संसदवादी पार्टी र तीनका दलाल संसदीय नेताहरूले यसलाई संसदबाट अनुमोदन गर्ने कुचेष्टा गरेको खण्डमा इतिहासकै रंगमञ्चबाट संसदीय दलालहरुलाई सडक संघर्षकै बलद्वारा समाप्त पार्न आन्दोलनको सृष्टि गर्ने समेत चेतावनी दिनुभयो ।

अबको विकल्प भनेको एमसीसी खारेज नै हो भन्दै जब सम्म अमेरिकी साम्राज्यवादको हस्तक्षेप पूर्णतः अन्त्य हुदैन तबसम्म यो संयुक्त संघर्ष जारी राख्नु पर्ने भएकाले यो राष्ट्रिय मुक्ति संघर्षमा प्रत्यक्ष सहभागिताको लागि आम देशभक्त र क्रान्तिकारी जनसमुदायमा अपिल गर्नु भयो ।
उहाँले थप्नु भयो “- राष्ट्रघात र जनघात गर्ने जोकोहीलाई धर्तीमुनी लुकेको स्थिति होस चाहे आकाशमा उडेको अवस्था होस कुनै पनि हालतमा नछाड्ने दावी समेत गर्नु भयो” । त्यसैगरी कार्यक्रममा मसलका नेता एवं प्रतिनिधि तुलसी सापकोटा , देजमोका केन्द्रीय सदस्य लक्ष्मी चौलागाई ,नेकपा ( माओवादी केन्द्र समाजवादी ) का नेता नरेश शाही लगायतका नेताहरूले पनि सम्बोधन गर्नु भएको थियो ।

You might also like
Loading...