ठाकुरबाबामा करेन्ट लागेर एकै परिवारका तीन जनाको ज्यान गयो

0 1,125

बर्दिया । शुक्रबार राति करेन्ट लागेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । जंगली बंदेललाई धपाउने उदेश्यले राखेको विद्युतीय तारबाट उनीहरूलाई करेन्ट लागेको हो ।

राती खेतमा पानी हेर्न गएको समयमा छिमेकीले बंदेल धपाउन धान खेतमा लगाएको विद्युतिय तारमा करेन्ट लागि उनीहरुको मृत्यु भएको हो ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं. ३ अन्तरगतको गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता थारु र निजको भाउजु ४३ वर्षीया बेलमती थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

उक्त खेतमा विद्युत प्रवाह गर्ने ८२ बर्षिय छिमेकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटना बारे थप अनुसन्धान भइरहेको छ।

You might also like
Loading...