दाङमा क्रान्तिकारी माअोवादीद्वारा एमसीसी सम्झौता खारेज गर्न माग

0 296

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोबादी ) दाङ देउखुरीको आयोजनामा घोराहीको ट्राफिक चोकमा mcc सम्झौता खारेजीको माग गर्दै कोणसभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख बक्ता लुम्बिनी प्रदेश सचिव संकुलले mcc परियोजना नेपाली जनताको आवश्यकता भन्दा पनि अमेरिकी साम्राज्यवादको चाहना अनुसार भएकोले यो राष्ट्रघाती सम्झौता रहेको बताउदै सम्पूर्ण जनताले यसको सशक्त आन्दोलनमा उत्रनु पर्ने बताउनुभयो ।

उहाँले mcc का उपाध्यक्ष फातिमा सुनाम रित्तै हात फर्केको नभई mcc पास गर्न केही नयाँ दलालहरु समेत नियुक्ति गरेर फर्केको हुँदा निकट भविश्यमा ती दलालहरु जनताको अगाडि नग्याउने , सुमारले दिएको धम्की स्वाभिमानी नेपालीका सैह्य नहुने , अमेरिकी लगानी रोकिए मात्रै देश स्वालम्बी दिशामा अगाडि बढने भएकोले कुनै फरक नपर्ने , अमेरिकी सेना भित्र्याउने चलखेलमा mcc परियोजना रहेको , mcc परियोजना ips को अभिन्न अंग रहेको संसदबाट अनुमोदन गराएर हालको mcc सम्झौतालाई अन्तराष्टिय कानुन बनाउन तर्फ उन्मुख गराउन संसदिय पार्टीहरुले लागि परेको देख्दा यिनिहरु कुनै न कुनै प्रलोभनमा परेको कुरा राख्दै यदि सँसदबाट अनुमोदन गरियो भने अहिले को mcc कानुन र भबिष्यमा अमेरिकाले संशोधन गर्ने कानुन नेपाल र नेपालीले मान्नुपर्ने बाध्यता हुने भएकोले mcc सम्झौता खारेजी हुनुपर्ने कुरा राख्नुभयो ।

क्रान्तिकारी युवा लिग नेपालका महासचिव दिल बहादुरले mcc राष्ट्रिय हित,राष्ट्रियता विपरित भएकोले यो सरकारले तत्काल खारेजी गर्नुपर्ने कुरा राख्दै यदि नेपाली जनताको राष्ट्र भक्ती आन्दोलनलाई वेवास्ता गरियो भने युवा लिग चुप लागेर नबस्ने कुरा राख्दै दाङ देउखुरीबाट संसदमा प्रनिनिधित्व गरेका सांसदहरुलाई mcc बिपक्षीमा मत हाल्न आब्हान गर्नु भयो ।

कार्यक्रम को सञ्चालन नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माअोबादी ) प्रदेश सदस्य तिलक बिकले गर्नुभएको थियो ।

You might also like
Loading...