दाङमा अखिल (क्रान्तिकारी)द्वारा संगठन विस्तार

0 288

दाङ । मोहन वैद्य”किरण” नेतृत्वको नेकपा(क्रान्तिकारी माअोवादी) निकट अखिल (क्रान्तिकारी) ले दाङको महेन्द्र मा वि मा ९ सदस्यीय संगठन विस्तार गरेको छ । जसमा अध्यक्ष सुदिप खड्का ,उपाध्यक्ष हिरा बस्नेत, सचिव सिशम पौडेल, सहसचिव मिनु वली,कोषाध्यक्ष टेकराज खड्का,सदस्यहरु अनिशा वली,सन्तोष बस्नेत ,हरी रोका, राजेश डाँगी लगायत रहनु भएको छ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष थापाले शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयाे ।

अध्यक्ष थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगायत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताउनु भएको छ ।साथै उहाँले संगठन र संघर्षलाई जिल्लाका सबै स्कुल क्याम्पसहरुमा एक साथ अभियानकाे रुपमा ससञ्चालन गरिने पनि बताउनु भयाे ।

You might also like
Loading...