बर्दियामा “राससस”अभियान तीब्र: गुलरियामा कोण सभा सम्पन्न

0 441

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका अन्तरगत गाेडियनपुर चोकमा नेकपा(क्रान्तिकारी माअोवादी)ले कोण सभा सम्पन्न गरेको छ ।समसामयिक राजनीतिक घटनाक्रम तथा राससस ´अभियानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सोमबार सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमको संचालन कमरेड हार्दिकले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन पार्टीका जिल्ला सचिव कमरेड बिपीन र जिल्ला सचिवालय सदस्य कमरेड विशालले गर्नु भएको कुरा स्थानीय संवाददाताले जनपथ खबरलाई जानकारी गराउनु भएको छ ।

वक्ताहरुले सम्बोधनको क्रममा पार्टीको कार्यदिशा , नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक घटनाक्रम तथा राससस ´अभियानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आफुहरु निरन्तर लागि परेको बताएका छन।

साथै बर्दियामा राससस अभियानले तीब्रता लिएको छ। राजनीति विचार , सम्पर्क सम्बन्ध , संगठन र संघर्षको कार्यक्रम एकैसाथ अगाडि बढाउँदै ` राससस ´ अभियानलाई सफलीभुत पार्ने नेताहरुले दावी समेत गरेकाछ्न ।

You might also like
Loading...