नेपालमा एमसीसी कुनै पनि हालतमा पास गर्नु हुँदैन : महासचिव किरण

0 459

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताउनु भएकाे छ । पार्टी निकट क्रान्तिकारी युवा लिग नेपालको आयोजनामा आज युवा -यालि तथा विराेध सभालाई सम्बाेधन गर्दै यस्ताे बताउनु भएकाे हाे ।

शान्तिबाटिका हुँदै पुरानाे बसपार्क ,भृकुटिमण्डप , भद्रकाली,सुन्धारा,न्यूराेड,इन्द्रचाेक,असन,भाेटाहिटि हुँदै फेरि शान्तिबाटीकामा आएर विराेधसभामा परिणत भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव किरणले  देउवा सरकारले राष्ट्रिय  स्वाधीनता कमजाेर बनाउन लगिरहेकाे आराेप लगाउनु भयाे ।

एमसीसी परियोजना इस्ट इन्डिया कम्पनीजस्तै हिन्द प्रशान्त सैन्य रणनीति अन्तरगत नै भएको र नेपाललाई प्रयोग गरेर अमेरिकाले चीन र अन्य देशहरूलाई निसानामा राख्ने योजना बनाएकाे पनि उहाँले दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, “नेपालमा एमसीसी कुनै पनि हालतमा पास गर्नु हँदैन । यदि पास गर्ने कुचेस्टा गरेमा सम्पूर्ण देशभक्तहरू एक भएर लड्नु बाहेक अर्को विकल्प हुँदैन ।”
दलाल संसदीय व्यवस्था, संविधान, सत्ता र संशाेधनवादीहरु समेत पुर्ण रुपमा असफल बनेकाे भन्दै अब मुलुकमा संघीय जनगणतन्त्रकाे स्थापना गर्नुपर्नेका जाेड दिनुभयाे ।

उहाँले भन्नु भयाे, ‘अहिलेको यो संसदीय व्यवस्थालाई अदालतले पर्णरूपमा असफल भएको पुष्टि गरेको छ । र कम्युनिष्ट भनेर प्रचार गरिरहेका कमाउनिष्ट अवसरवादीहरूले गरेका नाटक अब काम लाग्दैन ।’

कार्यक्रममा पार्टी पीवीएम तथा  क्रान्तिकारी युवा लिग, नेपालका इन्चार्ज चन्द्रहरि सुवेदी अटल, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत, अखिल  नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बाेगटी, क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, सम्पर्क मञ्चका संयाेजक विष्णु खड्का लगायतले एमसीसीकाे खारेजीमा जाेड दिंदै आफ्नाे विराेध मन्तव्य राख्नुभयाे ।

क्रान्तिकारी युवा लिगकाे ३ नं प्रदेश प्रदेशकाे आयाेजनामा भएकाे कार्यक्रमकाे अध्यक्षता केशव ढलकाेटीले गर्नुभएकाे थियाे भाे सञ्चालन सुरेश तामाङले गर्नुभएकाे थियाे । कार्यक्रमलाई स्वागत असल तामाङले गर्नुभएकाे थियाे ।

You might also like
Loading...