कैलाली अपडेट: श्रीमानको हत्या गर्ने श्रीमती सहित २ जना पक्राउ

0 678

कैलाली । कैलालीमा आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती सहित २ जना पक्राउ परेका छन । धनगढी उप-महानगरपालिका वडा नम्बर ७ बेली बस्ने बर्ष २५ को रमेश चौधरी घर देखि ६००/७०० मिटर पुर्व खुटिया नदि नजिक मृत अवस्था फेला परेका थिए ।
प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको –

 जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २९ को बिष्णु चौधरी र मृतकको श्रीमती ऐ ऐ बस्ने बर्ष २७ की अमृता चौधरी बिच विगत केही बर्ष देखि सम्बन्ध रहेको ।

 मिति २०७८।०६।२९ गते राती मृतक रमेश चौधरीले आफ्नै घर नजिक निज दुवै जनालाई परालको थुप्रोमा आपत्तीजनक अवस्थामा फेला पारेको ।

 निजहरु बिचको सम्बन्धको बारेमा मृतक रमेश चौधरीलाई पुर्व जानकारी समेत रहेको र उक्त राती समेत निजहरुलाई आपत्तीजनक अवस्थमा भेटे पश्चात मृतक रमेश चौधरी आवेशमा आई बिष्णु चौधरीलाई कुटपिट गर्दा बिष्णु चौधरीले प्रतिकार गरेको, सोही क्रममा मृतकको श्रीमती अमृता चौधरी र बिष्णु चौधरी मिली मृतक रमेश चौधरीलाई परालको थुप्रो नजिकै रहेको खेतमा घाटी थिची कर्तव्य गरी मारेको ।

 तत:पश्चात मृतकको श्रीमती अमृता चौधरी र बिष्णु चौधरीले मृतक रमेश चौधरीको लाशलाई बोकी अन्दाजी १५० मिटर टाढा खुटिया नदि तर्फ लगी सडक नजिक चौरमा फाली घटनाको बारेमा कोही कसैलाई नबताउने सल्लाह गरी दुवै जना आ-आफ्नो घरतर्फ गएको ।

 निज बिष्णु चौधरी र अमृता चौधरीको नाममा मृतकका आफन्तले मिति २०७८।०६।३१ गते यस कार्यालयमा कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिए पश्चात् सोही शिर्षकमा निजहरु बिरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको ।

You might also like
Loading...