ठाकुरबाबामा सत्ता र भत्ताको उन्मातमा सेवाग्राही माथि स्वास्थ्यकर्मीको दादागिरी(भिडियो सहित)

0 2,078

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर १ स्थित (नेउलापुर स्वास्थ्य चौकी) का ल्याब टेक्निसियन (स्वास्थ्यकर्मी) बलबहादुर खत्रीले सेवाग्राहीलाई सत्ता र भत्ताको उन्मातमा धम्काएका छन ।

मंगलबार बिहान १०:०० बजे सेवाग्राही(बिरामी ) उपचारका निम्ति गएको हुँदा उक्त स्वास्थ्य चौकीमा कार्यालय समयमा स्वास्थ्यकर्मी(कर्मचारी ) उपस्थित हुनुभएको थिएन । त्यस पश्चात् करिब १०:३० बजेतिर (स्वास्थ्यकर्मी) बलबहादुर खत्रीलाई सेवाग्राहीले उपचार गरि दिन अनुरोध गर्दा निज खत्रीले छुद्र शब्द बोल्दै विरामीको उपचार गर्नुको सट्टा उल्टै धम्काएका हुन ।

निज सेवाग्राही (बिरामी ) लाई स्वास्थ्य चौकीले उपचार नगर्ने बताउँदै खत्रीले जे गर्न सक्छौ गर भन्दै गुण्डा शैलीमा दादागिरी देखाएका छन । आफुलाई राज्यको कुनै पनि संयन्त्रले केही सजाय दिन नसक्ने दावी समेत गर्न उनले भ्याए ।

उल्टै उहाँले सेवाग्राहीलाई अनुशासनको पाठ सिकाउँदै आफुले भने बाघको पुच्छर उक्काएको जसरी गर्वका साथ भने-“बिरामीको उपचार गर्दैनौं,जसलाई भन्न छ भन ।” यस्ता कर्मचारीको घमण्ड जनताले पक्कै हिसाब गर्ने छन ।

साथै स्वास्थ्य चौकीका शैयामा बिरामीहरू छट्पटिरहेका छन् तर स्वास्थ्य चौकीका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँदैन । निर्धारित समयमा स्वास्थ्य चौकीमा आउनुपर्ने धेरै स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा देखिँदैनन् । फेरी पनि यीनीहरुले आफ्नो कमजोरी स्विकार्दैनन् ।

उक्त स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी र तिनका आफन्तले दिनहुँ भोग्ने यस्ता समस्याप्रति न चिकित्सक, न प्रशासन, न त स्थानीय सरकारले नै ध्यान दिएको पाइन्छ । यहाँका चिकित्सक र कर्मचारी सेवाको भावनाभन्दा पनि जागिर खाने र समय कटाउनेतर्फ बढी केन्द्रित भएको देखिन्छ ।            भिडियो हेर्न यहाँ थिच्नुहोस्

You might also like
Loading...