दैलेखका जितेद्र शाही भिरबाट लडेर घाइते: महिनौँ उपचार पश्चात् पनि आएन होस्

थप उपचारका निम्ति सहयोग गर्न आफन्तको अनुरोध

0 1,689

दैलेख । दैलेख जिल्ला भगवती माई गाउँपालिका वडा न २ निवासी तुल बहादुर शाहीको ४ दाजु भाई मध्यको कान्छो छोरा बर्ष ३९ को जितेद्र शाही सामान्य जेला मजदुरी र खेती किसान गरि ४ छोरा सहित ६ जनाको परिवार गुजरा चलाउदै आइनु भयको थियो ।

अकस्मात यहीँ मिति २०७८/0६/0५ गते गाई बस्तु लाई घास काट्ने क्रममा भिरबाट लडेर शरिरका विभिन्न अंगहरुमा चोट पटक लागि रात भरि भिरमा नै रहनु भयो ।

घटनाको भोलिपल्ट अर्थात् असोज ६ गते बिहाना ८ बजे मात्र खोजी गर्ने क्रममा भिरबाट लडेर अचेत अवस्थामा आफन्तहरुले फेला पारेका थिए ।उहाँको अलि अलि सास मात्र चलिरहेको थियो ।

त्यस पश्चात् तुरुन्तै सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका लागि लगियो र निरन्तर २६ दिन सम्म राखेर उपचार गर्दा पनि स्वास्थ्यमा केही सुधार नआए पछि थप उपचरका लागि नेपालगन्ज नर्सिह होममा हाल उपचार भइरहेको छ।

शाहीको महिनौँ उपचार गर्दा पनि अझै होस आएको छैन । उहाँको हालसम्म उपचारको क्रममा धेरै आर्थिक खर्च भएको हुँदा थप स्वास्थ्य उपचारको लागि आर्थिक अभाव भएको आफन्तले बताए । साथै आगामी दिनमा उपचार गर्न कठिन हुँने हुँदा उहाँका आफन्तहरुले देश- विदेशमा रहनु भएका दाजु भाइ दिदी बैनी र संघ -संस्थाहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको छ।

तपाईंहरुको यो सानो सहयोगले जितेन्द्र शाहिले नयाँ जीवन पाउन सक्नु हुन्छ भने साथै श्रीमतीले श्रीमान,छोराछोरीले बुबा र देशले एक नागरिक पाउने छ। उहाँलाई सहोगी हातहरुको जरुरत छ।

सम्पर्कका लागि
फोन न(9848115098) खाता न= 3500205627524001 Nic Asiya bank surkhet Nepal

You might also like
Loading...