नेउलापुर स्वास्थ्य चौकीमा उपचारको प्रतीक्षामा नागरिक: बेखबर स्वास्थ्यकर्मी

0 1,203

बर्दिया । ठाकुरबाबा नगरपालिका स्थित नेउलापुर स्वास्थ्य चौकीमा उपचारको प्रतीक्षामा बिरामीहरू छट्पटिरहेका छन् तर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बेखबर छन। विभिन्न समयमा यस स्वास्थ्य चौकीमा उपचार गराउन आएका विरामीहरुको हविगत तपशिलका तस्बिरहरूबाट बुझ्न सकिन्छ । यो के नागरिकहरुले उपचार पाएको हो त ?

उक्त स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी र तिनका आफन्तले दिनहुँ भोग्ने यस्ता समस्या कुनै नौलो कुरा भने होइन । स्वास्थ्य संस्था जस्तो संम्वेनशील क्षेत्रको प्राथमिकतामा विरामी हुन्छन् कि अन्य काम ? यदि विरामी प्राथमिकतामा हुन्छ भने समयमै उपचार पाउनु पर्छ कि पर्दैन ?

लामो समयदेखि नेउलापुर स्वास्थ्य चौकीले अनैतिकता प्रदर्शन गरेको कुरा र ल्याव टेक्निसियन बल बहादुर खत्रीले गरेको कम्जोरी ढाकछोप गर्न स्वास्थ्य चौकी प्रमुख दिपक बहादुर थापाले वक्तव्य जारी गरेका छन ।

वास्तवमै नागरिकका गुनासो सुन्ने कुनै पनि निकाय छैनन् । जति पनि बुर्जुवा मिडिया छन तीनले यस्ता विकृति,अनैतिक क्रियाकलापको ढाकछोप गर्छन् तर नागरिकको पक्षमा समाचार बनाउँदैनन् । जनपक्षीय मिडिया जनपथ खबरले यिनीहरूको विगतदेखिका क्रियाकलाप निगरानी गरि जन-गुनासो सहितको समाचार सम्प्रेषण गर्दा उनीहरूमा आतंक सिर्जना भयो । सम्बन्धित सरोकारवालाहरुले तत्काल स्वास्थ्य चौकीका क्रियाकलापहरुको अनुसन्धान गर्ने हो भने संस्था माथि नै गम्भीर खालको मुद्दा लाग्ने देखिन्छ । तर राज्य तथा स्थानीय सरकार मौन देखिन्छ ।

You might also like
Loading...