नेपालगंन्ज मेडिकल कलेजमा ट्रेडयुनियनको संयुक्त आन्दोलन

माग सम्बोधन नभए निरन्तर संघर्ष गर्ने चेतावनी

0 189

बाँके । एकसाता देखि निरन्तर रुपमा लर्डबुद्ध एजुकेसन एकेडेमी ली.(नेपालगंन्ज मेडिकल कलेज )अन्तर्गत रहेका ट्रेडयुनियनको संयुक्त आन्दोलन चलिरहेको छ । विभिन्न संघर्षका कार्यक्रमहरु गरि अगाडि बढीरहेको कुरा उक्त आन्दोलनको नेतृत्व गर्नु भएका यमबहादुर खडकाले बताउनु भयो ।

आइतबार मेडिकल कलेजको परिसरमा चलिरहेको बिरोध तथा धर्ना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वक्ताहरुले विचार राख्दै आफ्ना माग सम्बोधन नभए सम्म निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन । तर कलेजका प्रमुखले भने मेडिकल कलेजलाई दूरगामी असर गर्ने खालका कुनै पनि सम्झौता गर्न नसकिने प्रतिक्रिया दिएका छ्न ।

यो आन्दोलनले सुधारवादी मुद्दाको उठान गरेको छ । यसर्थ यो सुधारवादी आन्दोलन नै हो । यसले आमूल परिवर्तनको कार्यभार त पूरा गर्न सक्दैन । परन्तु सामान्यतया कर्मचारीको तलब तथा भत्तामा वृद्धि , पदपूर्ति , दरबन्दी सिर्जना , बढुवा, सामाजिक सुरक्षा काेष, बीमा र शेयर उपलब्ध जस्ता मागहरू त पूरा हुनसक्छ ।

खासगरी राज्यसत्ता र व्यवस्था यहीं रहे सम्म उत्पीडित मजदुरहरुका मागहरू भने पुरा हुन सक्दैनन् । त्यसकारण आन्दोलनलाई रणनैतीक उद्देश्य संग जाेडेर संघर्षलाई सुधारवादी होइन आमूल परिवर्तनको अभियान संग जोडदा सार्थक परिणाम निस्कने कुरा जगजाहेर नै छ ।

You might also like
Loading...