बर्दियामा क्रान्तिकारी ट्रेड युनियनद्वारा संगठन विस्तार

0 405

बर्दिया । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ बर्दिया जिल्लाले मजदुर संगठन विस्तार गरेको जनाएको छ । शनिबार बारबर्दिया नगरपालिका – १० धधवारको केडी ईट्टा उद्योगमा उक्त संगठन विस्तार गरेको हो ।

महासंघले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमका बीचमा सुरज थारुको संयोजकत्वमा१५ सदस्यीय समिति चयन गरेको छ ।

उक्त कार्यक्रममा सहभागी मजदुरहरुलाई नेकपा (क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड सङ्कुलले प्रशिक्षण दिनुभएको थियोे । सो पार्टीका जिल्ला सचिव कमरेड बीविन र जिल्लाका मजदुर नेता कमरेड हार्दिकको उपस्थिति रहेको थियोे।

You might also like
Loading...