कैलालीमा मोटरसाईकल दुर्घटना: १ जनाको मृत्यू,३ जना घाइते

0 332

कैलाली । कैलालीमा कार्तिक २२ गते राति मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यू र ३ जना घाइते भएका छन । जोशीपुर गाँउपालिका वडा नं ५ सिम्ररा स्थित बा ०२-०१५ प २७३८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

निसर्ग अस्पताल धनगढी कैलालीले लम्की चुहा न.पा.७ बस्ने बर्ष २५ को नरेश रोकायालाई मृत घोषणा गरेको छ।सोही ठाउँ बस्ने चालक बर्ष २५ को अभिसेक चौधरी लगाएत मोटरसाइकलमा सवार बर्ष २४ को प्रकाश चौधरी र बर्ष २० को जिवन चौधरी घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोकिदा दुर्घटना भएको जनाएको छ । साथै  अहिले अन्य घाईतेहरु सामान्य उपचार पश्चात डिस्चार्ज भई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

You might also like
Loading...