नवलपरासीमा श्रद्धान्जलीसभा सम्पन्न

0 618

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको आयोजनामा श्रद्धान्जलीसभा गरिएको छ ।

सो पार्टीका जिल्ला सदस्य एंव देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक राजु प्रसाद खनाल शुभेच्छुकहरु देवराज खनाल र नारायण खनालकी आमा राधादेवी खनालको निधन भएको सातौ दिनमा कार्यक्रम गरिएको थियो । कार्यक्रम चितवन भरतपुर–५ नारायणपुरस्थित खनाल निवासमा गरिएको हो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले समाज रुपान्तरणमा खनाल परिवारले खेलेको भुमिका अतुलनीय रहेको उल्लेख गर्दै आमाले खेलेको भुमिकाको चर्चा गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेल , अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक क्षेत्रबहादुर थापा क्षेत्री , क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष एंव प्रदेश संयोजक रवि पाण्डेयलगायतले शोक सभामा बोल्नुभएको थियो ।

राजु प्रसाद खनालको अध्यक्षतामा भएको सभामा सो पार्टीका नेताहरु दुर्गा चौधरी , सुर्य प्रसाद सापकोटा , गोबिन्द बहादुर साठीघरेलगायत शहिद परिवार तथा स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो । खनालको यही कार्तिक १९ गते ८१ बर्षको उमेरमा निधन भएको थियो । उहाँका ३ छोरा १५ नाति नातिनी र १२ पलाति पालातिनी रहेका छन् । खनाल परिवार बर्दघाट ४ हरियालीनगरबाट चितवन बसाई सरेको हो ।

You might also like
Loading...