पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्विको विरोधमा प्रदर्शन

0 299

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) दाङ जिल्ला समितिले आज पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यबृद्विको बिरोध गर्दै दाङ जिल्लाको सदरमुकाम घोराहीको तुलसीपुर चोकमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य समिर केसी , थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामजी थारु , नेकपा (क्रान्तिकारी माओबादी) जिल्ला सेक्रेटरी नरेन्द्र बञ्जाडे लगाएतका वक्ताहरुले मन्तब्य राखेका थिए ।

उक्त बिरोध कार्यक्रममा बक्ताहरुले सरकारद्वारा गरिएको पेट्रोलियम पदार्थको मुल्यबृद्दि तत्काल फिर्ता लिएर जनतामा राहत दिन माग गरे , नेपाल आयल निगममा कार्यकर्ता भर्ती केन्द्रको माध्ययम बनाएको , निजामती शिक्षक भन्दा दुईतिहाइ भन्दा बढी सुबिधा दिई नेपाली जनताको ढाड सेक्ने गरि मुल्यबृद्दि गरेर जनतालाई आर्थिक भार थुपारिएको बताए ।

पेट्रोलियम पदार्थको मुल्यबृद्दिले गाडी भाडा ढुवानी लागत बढने खाद्यान्न लगाएतका सामानको मूल्य बृद्दि भएकोले तत्काल मुल्यबृद्दि खारेजी गरी जनतालाई राहत दिन आग्रह गरे ।

वक्ताहरुले सरकार सञ्चालनका प्रमुख दलका नेता प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले जनतालाई धोका दिई mcc परियोजना सम्झौता संसदबाट पास गर्छौं भनी अमेरिकी साम्राज्यवादीलाई पत्र पठाएको भन्ने प्रधानमन्त्रीको भनाइले उनिहरु अमेरिकी साम्राज्यवादका असली बफादारपाले रहेको पुष्टि भएको कुरा बताए ।

अहिले अदालतमा देखिएको अराजक प्रवृत्ति संसदिय व्यवस्था असफल भएको पुष्टि गरेको बताए । राष्ट्र राष्ट्रियता पक्षमा यो सरकार उभिएन भने मुल्यबृद्दि हटाईएन भने mcc जस्तो राष्ट्रघाति सम्झौता गरियो भने सरकारका बिरुद्ध सङ्घर्ष चर्काउने कुरा बताए ।

क्रान्तिकारी माओबादी दाङले घोराही नगरको चोकचोकबाट नाराजुलुस गर्दै तुलसीपुर चोकमा पुगेर बिरोध सभा गरेको थियो । उक्त कार्यक्रम सञ्चालन पार्टीका सचिवालय सदस्य तिलक बिकले गर्नु भएको थियो ।

You might also like
Loading...