कैलालीमा लागु औषध सहित ३ जना पक्राउ: अपराध नियन्त्रणमा कहाँ चुक्यो प्रहरी ?

0 390

कैलाली । धनगढी उप–महानगरपालिका वडा न.३ मिलनचोक स्थित सडकखण्डबाट शंकास्पद रुपमा हिडडुल गरी रहेको अबस्थामा लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार गोदावरी नगरपालिका ५ बस्ने बर्ष २२ को पुस्कर सुनार, बर्ष २७ को टेकराज भट्ट र जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा न.६ घर भई हाल धनगढी उपमहानगरपालिका वडा न.३ कोठा गरी बस्ने बर्ष २५ को शुभम क्षेत्री पक्राउ परेका हुन ।

उनीहरु माथि शंका गरी चेकजांच गर्दा लागु औषध खैरो हिरोईन २५० मिलि ग्राम, नाईट्राभेट ११९ ट्याब्लेट,२३ क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान कार्य भईरहेको छ।
अपराध नियन्त्रणमा कहाँ चुक्यो प्रहरी ?
पछिल्लो समय नेपालमा विभिन्न घटनाहरु घटिरहेका छन । बलात्कार,हत्या,हिँसा,लुटपाट इत्यादी यी सबै घटनाहरुको कारण फितलो कानुन,पुरानो राज्य सत्ता र संसदीय व्यवस्था हो । यसको विकल्प अब सचेत जनताले खोज्न जरुरी छ । वर्तमान समयमा राज्यका तीन वटै अङ्ग न्यायपालिका,व्यवस्थापिका र कार्यपालिका अस्त–व्यस्त अवस्थामा छ । सबै राज्यका संयन्त्र निकम्मा भएको देखिन्छ । यस्तो जटिल परिस्थितिमा आम सचेत नागरिकले सभ्य समाज निर्माणका निम्ति संघर्ष गर्नु पर्ने समय आएको छ ।

You might also like
Loading...