विप्लव समुहको नेपाल बन्दको प्रभाव: देशभर कहाँ के भयो ?

जनताका माग पुरा नगरे कडा संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी

0 371

बर्दिया । आज नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो । पेट्रोलियम पदार्थ लगाएतका अति आवश्यक वस्तुहरुमा गरिएको मूल्यबृद्धिको बिरुद्धमा आह्वान भएको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौँ देखि देशै भरि परेको छ ।

कठपुतली देउवा सरकारले बिहानदेखि नै देशका विभिन्न ठाउँहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचान गरी दमनमा उत्रेको दृश्य देखिन्छ । साथै, विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्ताहरुले बन्दलाई सफल पार्न र जनतामा सकारात्मक सन्देश दिनका लागि सडकमा झण्डा,व्यानरसहित सरसफाई, बाटोमा ट्राफिक नियमका संकेत निर्माण गर्ने लगाएतका विभिन्न सृजनात्मक कार्यहरु गरेका छन ।

जनताको जनजीविकासँग जोडिएको प्रश्न भएकाले पनि आम नागरिकहरुले बन्दलाई मनदेखि नै समर्थन गरी सहयोग गरेका छन । साथै,यस्तो अवस्थामा पनि राज्यले दमन गर्ने कुरा राम्रो नभएको जनताको गुनासो छ ।

सरकारले नेपाल बन्दबाट पनि जनताका माग पुरा नगरे कडा संघर्षका कार्यक्रमहरु गर्ने कुरा विप्लव निकट स्रोतले जनपथ खबरलाई बताएको छ । त्यसैगरी विभिन्न ठाउँहरुबाट नेता कार्यकर्ता पक्राउ परेका छन । कतिपय ठाउँमा गाडी जलेका छन । कुनै–कुनै ठाउँमा संकास्पद वस्तु भेटिएका छन ।

You might also like
Loading...