अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको इकाई कमिटी गठन

0 299

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा विभिन्न निर्माण कार्यमा संलग्न मजदुरहरुको इकाई कमिटी गठन भएको छ ।

आज भिख्कु थारुको संयोजकत्वमा १५ सदस्यीय कमिटी निर्माण भएको छ । सदस्यहरु कृष्ण थारु , करण चौधरी , सोमराज थारु , रामकिसुन थारु , सागर थारु , विजय थारु , मुकेश चौधरी , तिलकराम चौधरी , फूलराम थारु,सेवारी चौधरी , सिताराम , अर्जुन थारु , अरुण चौधरी र रामबहादुर चौधरी रहनु भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी ) का पिवीएम तथा लुम्बिनी प्रदेशका सचिव सङ्कुलले संगठनमा आबद्ध सबैलाई प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी पार्टीका लुम्बिनी प्रदेश सदस्य अम्मर पोख्रेलको आतिथ्यता रहेको थियो ।

विद्यमान अर्थ–राजनैनिक संकट पुरानो राज्य सत्ता र संसदीय व्यवस्थाको असफलताको उपज हो । यस राज्य व्यवस्थाले श्रम शोषण गरेको छ । तसर्थ मजदुरहरुका हकहित र समस्याको समाधानका निम्ति संघिय जनघणतन्त्र स्थापना गर्न आजको आवश्यकता भएको छ ।

वर्तमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा सङ्घीय जनगणतन्त्र अर्थात् नयाँ जनवादी राज्यसत्ताको स्थापनाका निम्ति सङ्घर्षको दिशामा अगाडि बढ्न सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील तथा वामपन्थी शक्ति तथा व्यक्तित्व ,जनसमुदाय र मजदुर वर्ग संगठित रुपमा लाग्नु पर्ने सङ्कुलले प्रशिक्षणको क्रममा बताउनु भयो ।

You might also like
Loading...