अमेरिकी विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा: एमसीसी मुख्य एजेन्डा

0 412

काठमाडौं । आज साँझ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु मुख्य एजेन्डा एमसीसी बनाएर तीनदिने नेपाल भ्रमणमा आइपुका छ्न । उनी भन्दा पहिले फातिमा सुमार नेपाल आउँदा नेपाली जनताले उनका विरुद्धमा विभिन्न किसिमका विरोध गरेका थिए । नेपालका देशभक्तहरुले एमसीसी नेपालको लागि राष्ट्रघाती भएको बताउँदै त्यसको चर्को र सशक्त विरोध गरेका थिए। डोनाल्ड लु  नेपाल भ्रमणमा आउनुको मुख्य कारण कोभिड-१९ र जल वायु परिवर्तन सम्बन्धि विषय देखायता पनि अन्ततः एमसीसी पास गर्न दवाव दिन आएको भन्ने आम नागरिकको बुझाई रहेको छ ।

नेपालका देशभक्त तथा सच्चा कम्युनिस्ट क्रान्तिकारी तथा आम नागरिकहरु एमसीसी इण्डो(प्यासिफिक स्ट्राटेजीकै अंग भएको बताउछन् । साथै, नेपाल सरकारले अमेरिकी स्वार्थ पुरा गर्न संसदबाट अनुमोदन गर्नुपर्ने एमसिसी पास गर्न ढिलाइ गरिरहेका बेला अमेरिकी सहायक विदेश मन्त्रीको नेपाल भ्रमणलाई यतिवेला निकै चासोका साथ हेरिएको छ।

एमसीसी परियोजना इस्ट इन्डिया कम्पनीजस्तै हिन्द प्रशान्त सैन्य रणनीति अन्तरगत नै भएको र नेपाललाई प्रयोग गरेर अमेरिकाले चीन र अन्य देशहरूलाई निसानामा राख्ने योजना बनाएको हुँदा राष्ट्रिय स्वाधिनताको लागि सम्पूर्ण देशभक्तहरू एक भएर लड्नु पर्ने यतिवेला आवाजहरु उठेका छन ।

You might also like
Loading...