रुपन्देहीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका बिरुद्ध धर्ना कार्यक्रम

0 305

रुपन्देही । रुपन्देहीको भलवारी आयल निगम अगाडि गेटमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीं) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि लगायतका बिरुद्ध धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पिविएम तथा लुम्बिनी प्रदेश इन्चार्ज कमरेड प्रेम सुवेदीले सरकारले यसरी बारम्बार मुल्यवृद्धि गरेर नेपाली जनताको डाढ सेक्ने काम गरेको छ, तत्काल मूल्य फिर्ता नगरेमा त्यसका विरुद्ध पार्टीको चरणबद्ध कार्यक्रम रहेको र यसबाट हुने क्षति तथा परिणाम स्वयं सरकार र आयल निगम नै जिम्मेवाररहने बताउनु भयो ।

यसैगरी कार्यक्रममा क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव कमरेड प्रगति राना मगर, देजमो नेपालका केन्द्रीय सदस्य टिपु सुल्तान, देजमो जिल्ला संयोजक रामप्रसाद पोख्रेल लगायतले सम्बोधन गर्नु भएको थियो । धर्ना कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक राजु भुजेलले गर्नु भएको थियो ।

You might also like
Loading...