दाङमा राष्ट्रघाती एमसीसी र मूल्यवृद्धिका विरुद्धमा प्रदर्शन

0 317

दाङ । आज दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको विपीचोकमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रघाती एमसीसी सम्झौता , बढ्दो महंगी र मूल्यवृद्धिका विरुद्धमा नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अनेरास्ववियु ( क्रान्तिकारी ) दाङ्ग जिल्ला समितिको आयोजनामा सम्पन्न कार्यक्रमको संचालन क्रान्तिकारी युवा लिग लुम्बिनी प्रदेशका अध्यक्ष कमरेड भुकम्पले गर्नु भएको थियो ।

नेकपा ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने र अनेरास्ववियु ( क्रान्तिकारी ) का लुम्बिनी प्रदेश सदस्य एवं दाङ्ग जिल्लाका अध्यक्ष मनोज थापाले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनको क्रममा नेता न्यौपानेले राष्ट्रिय स्वाधीनताको प्रश्न आज राष्ट्रिय आवश्यकताको विषय बनेकाले सम्पूर्ण देशभक्त र सच्चा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आएर राष्ट्रिय स्वाधीनताको लडाई लडेर मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने र अन्यथा बकवास हुने कुराको ठाेकुवा गर्नु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला इन्चार्ज कमरेड समीर केसी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

You might also like
Loading...