विभिन्न पार्टी परित्याग गरी नेकपा(क्रान्तिकारी माओवादी)मा ध्रुवीकरण

0 526

दाङ । नेकपा (क्रान्तिकारी माओवादी)ले आयोजना गरेको ध्रुवीकरण कार्यक्रममा विभिन्न पार्टीका नेताहरुले पूर्व पार्टी परित्याग गरी नेकपा(क्रान्तिकारी माओवादी)मा ध्रुवीकरण भई एकतावद्ध भएका छन ।

यसरी पार्टीमा ध्रुवीकरण हुनेहरुमा नेकपा(माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य भद्र बहादुर पुन गुँरास र नेकपा विप्लव समुहका नेता तथा जनसाँस्कृति महासंघको केन्द्रीय सदस्य यज्ञ बहादुर डाँगी र सोही पार्टीको नेपाली जनप्रगतिशील मोर्चाका पूर्व केन्द्रीय संयोजक वेद बोहोरा रहेका छन ।

पार्टीमा ध्रुवीकरण हुने कमरेडहरुले आफ्नो पार्टी प्रतिक्रियावादमा पतन हुँदै विर्सजन हुने कुरा निश्चित भएको हो । प्रतिक्रियावादमा पतन भएका संसोधनवादीहरुसंग सम्बन्ध विच्छेद गरी क्रान्तिकारी पार्टीमा ध्रुवीकरण हुन एक मात्र विकल्प रहेकाले आफुहरुले यो निर्णय लिएको बताएका छन । साथै, क्रान्तिका कुरा गरेर गोलचक्रमा घुमाउने अवसरवादको फन्दाबाट मुक्त भई उनीहरुको भ्रमलाई तोडेर क्रान्तिकारी माओवादी नै एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी भएकाले आफुहरुले यो ऐतिहासिक निर्णय गरेको बताए ।

पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले ध्रुवीकरण हुने नेताहरुलाई स्वागत तथा अभिनन्दन गर्नुभएको थियो । न्यौपानेले अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको एकता आजको अपरिहार्य आवश्यकता हो । यो यहीँ आवश्यकताको ऐतिहासिक कदम भएको बताउनु भयो । पार्टी केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला इन्चार्ज समीरले पार्टी प्रवेश गर्नु भएका कमरेडहरुलाई स्वागत गर्नु भएको थियो ।

 

You might also like
Loading...