एमसीसीकाे खारेजी, कालापानी क्षेत्रकाे जनगणना र मुल्यवृद्धि फिर्ताकाे माग गर्दै विराेध प्रदर्शन

0 308

काठमाडौं । “एमसीसी सम्झाैता खारेज गर, लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रमा जनगणना गर, पेट्रोलियम पदार्थ लगायतमा भएकाे मुल्यवृद्धि फिर्ता गर” भन्ने मूल नाराका साथ नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंकाे रत्नपार्क शान्तिबाटिकामा विराेधसभा सम्पन्न गरेकाे छ ।

विराेधसभामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले विराेध मन्तव्य राख्नु भएकाे थियाे ।
विराेध सभाकाे सञ्चालन इन्दिरा अधिकारीले गर्नु भएकाे थियाे ।

विराेधसभाका प्रमुख वक्ता थापा लगायत अतिथि वक्ताहरुले एमसीसी सम्झाैता कसरी राष्ट्रघाती छ र याे किन खारेजी गर्नुपर्छ भन्ने विषयलाई तथ्य र तर्कसहित स्पष्ट पार्नु भएकाे थियाे । त्यसैगरी लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रका नेपाली जनताकाे जनगणनामा देउवा सरकारले देखाएकाे उदासिनताकाे घाेर विराेध गर्दै तत्काल जनगणनाकाे प्रक्रिया अगाडि बढाउन जाेडदार माग गर्नुभयाे । त्यस्तै वक्ताहरुले पेट्राेलियम पदार्थ लगायत दैनिक उपभाेग्य वस्तुमा गरिएकाे मुल्यवृद्धि अविलम्व घटाउन पनि माग गर्नुभएकाे थियाे ।

प्रा.डा. भण्डारीले भने दुईवटा कविता मार्फत् सत्ता, व्यवस्था र दलाल शासकहरुकाे विराेध गर्नुभएकाे थियाे । नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालकाे संयुक्त आयाेजनमा गरिएकाे विराेध सभामा उल्लेख्य जनसहभागिता रहेकाे थियाे ।

फाेटाेफिचर




You might also like
Loading...