क्रान्तिकारी माओवादी दाङ जिल्ला समितिको बैठक सम्पन्न

0 169

दाङ । आज नेकपा ( क्रान्तिकारी माओवादी ) दाङ जिल्ला समितिको पूर्ण बैठक बसेको छ । उक्त बैठकमा जिल्ला सचिव कमरेड परिवर्तनको अध्यक्षता तथा पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेको प्रमुख अतिथ्यता र केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज कमरेड समीर केसीको अतिथ्यता रहेको थियो।

यो बैठक दाङ जिल्लाको पार्टी संगठनमा नयाँ गति पैदा गर्ने र पार्टी केन्द्र तथा प्रदेशका योजनाहरुको स्पिरिटलाई पक्रने सन्दर्भमा कोशेढुङ्गा सावित हुने निष्कर्ष सहित राससस अभियानको निरन्तरता दिने लगायतका ऐतिहासिक निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

You might also like
Loading...