बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन तथा ओसारपसार

0 188

काठमाडौं । बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न नवलपरासी देउचुली नगरपालिका(१७ ठेगाना भएका ३६ वर्षीय सन्त वीर लामालाई गत कात्तिक २९ गते प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बौद्धस्थित सेतो गुम्बामा लामा पढाई गरिरहेका २ जनालाई सन्त वीरले आफू भारत कर्णाटक राज्यमा पर्ने मुडगोड लामा क्याम्प नम्बर १ स्यार गडेन मोनेष्ट्री गुम्बामा अध्ययन गरेको लामा गुरु भनि परिचय दिई कर्नाटकस्थित गुम्बामा गई लामा अध्ययन गर्‍यो भने राम्रो सुविधा पाईन्छ, नेपालको गुम्बामा पढाउने लामा ९शिक्षक० पनि हुन पाईन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई दुबै जनालाई सिन्धुलीको वडा कार्यालयमा लगि सार गडेन बुद्धिस्ट कल्चर एसोसियसनको लेटरप्याडमा भारतको कर्णाटकमा लैजाने सिफारीस दिलाई पाउँ भनि पत्र लेखि पीडितहरूको जन्मदर्ता समेत बनाउने क्रममा उनको गतिविधि शंकास्पद भएको जानकारी हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले हालसम्म नेपालका विभिन्न जिल्लाहरूबाट थुप्रै बालकहरूलाई लामा अध्ययन गर्न लैजाने बहानामा भारतमा लगि सकेको र उनले भारत लैजान काठमाडौं आरुवारीमा रहेको झुगो कदम्पा गुम्बामा अन्य तीन जना १० देखि १४ वर्ष सम्मका बालकहरूलाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

ती बालकहरूलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उद्धार गरी बाल हेल्पलाईन सिविन रविभवन काठमाडौंको संरक्षणमा पठाई आवश्यक प्रकृया पश्चात मंसिर २ गते आफन्तको जिम्मा लगाएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले जनाएको छ ।

You might also like
Loading...