दाङको गढवा गाउँपालिकामा सुकुम्बासी संगठन विस्तार

0 287

दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वार्ड नं. ५ अन्तर्गत आज भवानी गाउँको सुकुम्बासी वस्तिमा कमिटी निर्माण भएको छ ।

आज विहान भवानी गाउँमा कमरेड रामचरण चौधरीको संयोजकत्वमा २३ सदस्यीय कमिटी निर्माण गरेको कुरा नेकपा ( क्रान्तिकारी माओवादी ) निकट सुकुम्बासी संगठनका एक नेताले बताएका छन ।

संगठन निर्माणको क्रममा सुकुम्बासीका लुम्बिनी प्रदेश समितिका संयोजक कमरेड तिलक विक , किसान महासंघका प्रदेश संयोजक कमरेड प्रेमबहादुर थपा र विद्यार्थी संगठनका प्रदेशका नेता मनोज थापा समेतका नेताहरू पहल तथा प्रशिक्षणमा संगठन निर्माण भइरहेको कुरा स्रोतले जनाएको छ ।

You might also like
Loading...